aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एनआइसी एशिया लघुवित्तका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ मंसिर २०७८
एनआइसी एशिया लघुवित्तका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा भएको छ । कात्तिक २२ गते सम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीको हकमा नगद लाभांश जम्मा गरिदिएको जानकारी गराएको हो । 

कम्पनीको मंसिर ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत ५ दशमलव ४१ प्रतिशत नगद लाभांश शेयरधनीको बैंकखातामा पठाएको हो । उक्त लाभांश आफ्नो बैंक खातामा प्राप्त भए नभएको यकिन गर्नकम्पनीले शेयरधनीलाई अनुरोध गरेको छ ।

हालसम्ममा पनि आफ्ना हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीले हितग्राही खातामा रहेको सम्बन्धीत निक्षेप सदस्यमा सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गरापछि बैंक खातामा नै नगद लाभांश प्राप्त हुनेछ । शेयर रजिष्ट्रार एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया दिनुहोस