aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

मुक्तिनाथ विकास बैंकले लाभांश पारित गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ मंसिर २०७८
मुक्तिनाथ विकास बैंकले लाभांश पारित गर्यो

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश पारित गरेको छ । बैंकको पन्ध्रौं वार्षिक साधारण सभाले  १८.५० प्रतिशत प्रस्तावीत लाभांश साधरणसभाबाट पारित गरेको हो ।
 
शनिवार पोखरामा सम्पन्न वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट सेयरधनीलाई १७.५७५ प्रतिशत बोनस शेयर र बाँकी करका लागि लाभांस प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए भने बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो । 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटिएम कार्ड  प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य बैंकबाट नगद झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग जस्ता सेवा पनि प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस