
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ि१८ गते २०औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको मंसिर २४ गतेको सञ्चालक समितिको बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियु्क्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । साथै गत वर्षको मुनाफाबाट प्रस्ताव गरेको कुल २६ दशमलव ३२ प्रतिशत लाभांशलाई पनि सभाले वितरण योग्य बनाउँनेछ ।
कम्पनीको मंसिर ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २५ करोड १५ लाख ३० हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।
बोनस शेयर वितरणपछि कम्पनीको पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने विषय पनि सभाका लागि तय भएको छ । सभाले सञ्चालकहरुको पारिश्रमिक , भत्ता र सुविधालाई पनि निर्धारण गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस