aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

मनकामना स्मार्ट लघुवित्तले प्रस्तावित १७ प्रतिशत लाभांश पुस १९ गते पारित गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ मंसिर २०७८
मनकामना स्मार्ट लघुवित्तले प्रस्तावित १७ प्रतिशत लाभांश पुस १९ गते पारित गर्दै

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १९ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २४ गतेको सञ्चालक समितिको बैठकले होटल पौवा, सिद्धार्थनगर, रुपन्देहीमा दिउसो २ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७७÷७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई अन्तिम रुप दिनेछ । सभाले प्रस्तावित कुल १७ प्रतिशत लाभांशलाई समेत वितरणयोग्य बनाउँनेछ । कम्पनीले गत आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट १७ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको हो ।

 कम्पनीको कात्तिक १६ गते विहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १२ करोड ११ लाख ५० हजारको आधारमा उक्त बोनस शेयर वितरणको प्रस्ताव गरेको हो । यस वर्ष कम्पनीको बोनस शेयरमा लाग्ने कर भने छुट हुनेछ । 

साविक मनकामना लघुवित्त वित्तीय संस्था र साविक स्मार्ट लघुवित्त वित्तीय संस्थाविच मर्जर प्रकृया सम्पन्न भई २०७७ साल साउन ११ गतेदेखि एकिकृत कारोबार गरेकाले यस वर्ष लाभांश करमा छुटको व्यवस्था हुनेछ । 

यस कम्पनीको आईपीओ प्राप्त गरेका लगानीकर्ताहरुले पहिलो वर्षमै लाभांश प्राप्त गर्ने भएका हुन । कम्पनीले २०७८ असार २७ गतेदेखि असार २१ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री खुला गरी असार २८ गते बाँडफाँट गरेको थियो ।

आगामी दिनमा पनि अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृया जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते एकदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको बोनस शेयर प्राप्त गर्न र सभा मा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस