aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपाल एसबिआई बैंकको साधारण सभा पुस २० गते ,५.३१ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ मंसिर २०७८
नेपाल एसबिआई बैंकको साधारण सभा पुस २० गते ,५.३१ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पुस २० गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने भएको हो । 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियु्क्ती र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ । सभाले बैंकले प्रस्ताव गरेको कुल ५ दशमलव ३१ प्रतिशत लाभांशलाई समेत वितरणयोग्य बनाउँनेछ । 

यस वर्ष बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार रुपैयाँको अधारमा ३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ८१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

बोनस शेयरपश्चात बैंकको चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ । साथै सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व हुने गरी एक जना संचालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी संचालक समितिलाई दिने निर्णय पनि सभा मार्फत गराउँने तयारी गरेको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस ७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीहरु मात्र बैंकको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् । 
 

प्रतिक्रिया दिनुहोस