aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयरमा नबिकेको शेयर बुधवारदेखि लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ मंसिर २०७८
एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयरमा नबिकेको शेयर बुधवारदेखि लिलामीमा

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले हकप्रद शेयरमा नबिकेकको शेयर मंसिर २९ गते बुधवार देखि लिलामीमा ल्याउने भएको छ । कम्पनीले असोज २५ गते देखि २९ गते सम्म हक विक्री खुला गरिएकोमा सर्वसाधारण समूहको २७ हजार २५७ दशमलव २० कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । 

उक्त शेयरमा इच्छुक आवेदकले पुस ७ गते सम्म बोलापत्र पेश गर्न सक्नेछन् । शेयरको मूल्य न्यूनतम रू. १ सय तोकिएको हुँदा   सो वा सो भन्दा बढी मूल्य अकिंत गरी बोलपत्र पेश गर्न सक्नेछन् । 

बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्न्ेछन् भने अधिकत सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।     
 

प्रतिक्रिया दिनुहोस