
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वर स्थित हिमाल हस्पिटलमा ए.टि.एम सेवा शुभारम्भ गरेको छ । बैंकको १२ आंै बाषर््िाकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हिमाल हस्पिटलका अध्यक्ष लोक बिक्रम थापाले संयुक्त रुपमा उक्त ए.टि.एम सेवाको उद्घाटन गर्नुभएको हो । यसले गर्दा हस्पिटलका सेवाग्राही तथा ज्ञानेश्वर क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यस बैंकले आर्थिक वर्ष २०७५।७६ को तेस्रो त्रयमास सम्ममा रु.६८ अर्व ६८ करोड निक्षेप संकलन गरि रु. ६३ अर्व ५९ करोड कर्जा प्रवाह गरी सोहि अवधि भित्र रु.१ अर्व ४९ करोड १४ लाख संचालन मुनाफा र रु.१ अर्व ६ करोड खुद नाफा आर्जन गरेकोे छ जुन गत वर्ष सोहि अवधिको तुलनामा क्रमश ः ४.०२ प्रतिशत र ५.९१ प्रतिशतले वृद्धि भएको छ ।
“
योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस