काठमाडौं । नबिल बैंकले आफ्नो ३५ औं वार्षिक उत्सव मनाउने क्रममा आइतवार बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा १२२ जना बैंकका कर्मचारीहरुबाट रक्तदान गरेका थिए । ग्रान्डी इन्टरनेशनल अस्पतालले देशमा रहेको विद्ममान रक्त अभावलाई ध्यानमा राख्दै नबिल बैंकको उक्त योगदानको प्रशंशा गरेको बैंकले जनाएको छ ।
त्यसै गरी, बैंकको ३५ औ“ बार्षिकोत्सवको अवसरमा गत हप्ता आयोजित बैंक स्तरीय फुटसल, क्रिकेट, ब्याड्मिन्टन, स्नुकर र चेस प्रतियोगिताका विजेता टिम र उपविजेता टिमहरुलाई नबिल बैंकका संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले मेडल सहित पुरस्कारहरु वितरण गरेका थिए । बैंकको ३५ औ“ बार्षिकोत्सवको अवसरमा रक्तदान, खेलकुद लगायत सामाजिक कार्यक्रमहरु आयोजना भएकोमा अध्यक्ष शम्भु पौड्यालले खुशी व्यक्त गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस