aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सनराइज बैंकको ७ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ मंसिर २०७८
सनराइज बैंकको ७ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन

काठामाडौं । सनराइज बैंक लिमिटेडले प्रस्ताव गरेको कुल ७ प्रतिशत लाभांश सुरक्षित गर्ने पुस १ गते बिहीवार अन्तिम दिन रहेको छ । बैंकले यस वर्ष ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले १४औं वार्षिक साधारण सभा पुस १५ गते गर्ने भएको छ । उक्त साधारण सभा प्रयोजनको लागि बैंकले पुस ४ गते एक दिन बुक क्लोज गर्ने भएकाले पुस १ गते सम्म कायम शेयरधनीहरुले मात्र साधारण सभा भाग लिन र लाभांश पाउने भएका हुन । 

सभा अम्रपाली बैक्वेट बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे भर्चृूअल माध्यमबाट सुरु हुनेछ । सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने र चालू आवको लागि लागि लेखापरिक्षकको नियुक्त र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

सभाले बोनसपश्चात चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ती गर्न परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितीलाई दिने निर्णय पनि गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस