aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

'सिभिल सेभिङ्स एण्ड क्रेडिटले यस्तो प्रलोभन दिएर हामीलाई फसायो'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ पुस २०७८
'सिभिल सेभिङ्स एण्ड क्रेडिटले यस्तो प्रलोभन दिएर हामीलाई फसायो'

काठमाडौं । सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी काठमाडौंका थुनामा रहेका इच्छा राज तामाङ सहित १२ जनालाई बयान लिने काम सकिएर बुधबारदेखि थुनछेक बहस सुरु भएको छ । बुधबार दुई जना सरकारी वकिलले बहस गरेका थिए ।  मुद्दामा १५०३ जना जाहेरीकर्ता रहेका छन ।

 निक्षेपकर्ताहरुको बिगोको रकम ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ७९ रुपैया ८२ पैसा रहेको छ । यस संस्थाको संचालक समितिका पूर्व अध्यक्ष, सिभिल ग्रुपका अध्यक्ष तथा हाल यस संस्थाका बिशेष सल्लाहकार ईच्छाराज तामाङ, वर्तमान संचालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, संचालक समितिका सदस्यहरु तथा उक्त संस्थाका कर्मचारीहरुले जाहेरिकर्ताहरुलाई आकर्षक ब्याजदर र उपहारको प्रलोभन देखाई मासिक, त्रैमासिक, वार्षिक रुपमा ब्याज पाउने विश्वास दिलाएका थिए ।

 साथै निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावाँ ब्याज फिर्ता पाउने गरी मुद्दती र निक्षेप बचत गराएका थिए । तर उक्त बचतको नियमानुसार भुक्तानी गर्नुपर्ने सावाँ तथा ब्याज सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई लत्याई योजनाबद्व, बदनियत तरिकाले निक्षेपकर्ताहरुको रकम सावाँ तथा ब्याज भुक्तानी नगरी ठगी गरेका आरोप लगाएका छन । 

यी संचालकहरुले उनीहरुका निजी कम्पनिहरु सिभिल होम्स, सिभिल अपार्ट्मेन्ट र सिभिल इस्टेट्समा यस सहकारीबाट बिना धितो ८ अर्ब भन्दा बढी रुपैया ऋण लागेका छन र सो रकम सहकारीलाई फिर्ता नदियी धारासायी बनाएका छन । उनीहरुले गैर कानुनी रुपले सिभिल होम्सलाई ५० लाख रुपैया, सिभिल अपार्ट्मेन्ट्सलाई २५ लाख रुपैया र सिभिल इस्टेट्सलाई २५ लाख रुपैया माफि मिनाहा दिएको पीडितको आरोप छ ।  भने निक्षेपकर्ताको पैसा फिर्ता दिएका छैनन । 

निक्षेपकर्ताहरु ७५ बर्ष माथिका जेष्ठ नागरिकहरु, क्यान्सर जस्ता घातक रोगले ग्रसित बिरामीहरु तथा आफ्नो जिन्दगीभरिको कमाइको बचतले गुजरा चलाऊनु पर्ने ब्यक्तिहरु पनि छन । निक्षेपकर्ताहरु माइतिघर मण्डलामा भेला भएर प्लेकार्ड बोकी नाराबाजी गर्दै काठमाडौं जिल्ला अदालत अगाडि सम्म पुगेका थिए । प्लेकार्डमा लेखिएको थियो ूठगी गर्ने इच्छा राज तामाङ, सिर्जना शाक्य तामाङ, केशव लाल श्रेष्ठ र अन्य संगठित अपराधीहरुलाई थुनामै राखेर कारबाही गरियोस भन्ने नारा लेखेका थिए । 

प्रतिक्रिया दिनुहोस