एजेन्सी । भारतीय रिजर्भ बैंक (आरबीआई) ले दुई ठूला बाणिज्य बैंकलाई जरिवाना लगाएको छ । निजी क्षेत्रको ठूलो आईसीआईसीआई बैंकलाई ३० लाख रुपैयाँ भारु र सरकारी पञ्जाब नेशनल बैंकलाई १.८० करोड रुपैयाँ भारु जरिवाना गरिएको छ । यी बैंकहरुले बचत खातामा केही नियमहरू उलंघन गरेका कारण जरिवाना लगाइएको आरबीआइले जनाएको छ ।
आरबीआईले यस विषयमा पहिले कारण देखाउ नोटिस जारी गरेको थियो र त्यसपछि जरिवाना लगाएको होे । आरबीआईले नोभेम्बर २०१४ मा बचत खातामा न्यूनतम ब्यालेन्सको नियममा लाग्ने शुल्कबारे धेरै निर्देशनहरू जारी गरिएको बताएको छ । यसपछि आईसीआईसीआई बैंकलाई नियम पालना नगरेको भन्दै जरिवाना गरिएको थियो ।
पहिले रिजर्भ बैंकले कारण देखाई नोटिस जारी गरी नियम पालना नगरेकोमा बैंकलाई किन जरिवाना नलगाउने भनेर सोध्यो । बैंकको जवाफ प्राप्त भएपछि सुनुवाई गर्दै आरबीआईले ३० लाख रुपैयाँ जरिवाना लगाउने निर्णय गर्यो ।
अर्कोतर्फ, पञ्जाब नेशनल बैंकको विषयमा नियाकमले जारी गरेको निर्देशन पलाना नगरेको कारण देखाई नोटिस जारी गरी जरिवाना गरेको छ । त्यसपछि बैंकलाई १ करोड ८० लाख रुपैयाँ भारु जरिवाना गरिएको थियो । यसअघि भर्खरै पेटीएम पेमेन्ट बैंकलाई पनि १ करोड रुपैयाँ भारु जरिवाना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस