
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २४ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस १ गतेको सञ्चालक समितिको बैठकले आँबुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस, तनहुमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वित्तीय विवरण सहितका प्रतिवेदनहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियु्क्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गो लगाउँनेछ । यस वर्ष कम्पनीले २५ दशमलव २९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कायम चुक्तापूँजी रू. ३९ करोड ४३ लाखको आधारमा उक्त बोनस शेयर वितरणको प्रस्ताव गरेको हो ।
उक्त बोनस शेयर वितरणको प्रस्तावलाई समेत सभाले वितरणयोग्य बनाउँनेछ । कम्पनीले सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर प्रकृया सम्पन्न गरी २०७७ साल असोज ६ गतेदेखि एकिकृत कारोबार सुरु गरेकाले बोनस शेयरमा लाग्ने करमा भने छुटको व्यवस्था रहेको छ ।
कम्पनीले मर्जर र बोनस पश्चात कायम पूँजीमा संस्थापक र सर्वसाधारण तर्फको शेयर अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको ७ लाख ५१ हजार ७१२ कित्ता शेयर प्रिमियम थप गरी सार्वजनिक निष्कासन गर्ने भएको छ ।
थप सार्वजनिक निष्कासनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुुस १५ गतेदखि सभा हुने दिनसम्मका लागि बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ । बुक क्लोजको आधरामा पुस १४ गतेसम्म शेयर कायम रहेका सदस्यहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस