aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

भारतमा बैंक हडतालका कारण २०.४ लाख चेक अलपत्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ पुस २०७८
भारतमा बैंक हडतालका कारण २०.४ लाख चेक अलपत्र
फाइलः तस्विर

एजेन्सी । भारतमा सरकारी बैंकको निजीकरणको विरोधमा शुक्रबार बैंक कर्मचारीको हडताल जारी छ । यस हड्तालमा देशभरका सबै सार्वजनिक क्षेत्रका बैंकहरूका नौ लाखभन्दा बढी कर्मचारीहरू सहभागी हरेका छन् ।

पहिलो दिन विहीबार बैंक बन्द भएका कारण करिब १९ हजार करोडको बैंकिङ कारोबार प्रभावित हुने अनुमान गरिएको छ । अखिल भारतीय बैंक कर्मचारी संघ (एआईबीईए) का महासचिव सीएच वेंकटचलमले पहिलो दिनको हडतालका कारण २०.४ लाख चेकको क्लियरेन्स अलपत्र भएको दाबी गरे ।

 जसका कारण १८ हजार ६ सय करोडको बैंकिङ कारोबार प्रभावित भएको छ । सरकारी बैंकका कर्मचारीको यस हडतालका कारण निक्षेप, नगद कारोबार, चेक क्लियरेन्स, कर्जा स्वीकृति जस्ता कामहरु प्रभावित भएको छन् । 
 

प्रतिक्रिया दिनुहोस