aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सेञ्चुरी कमर्सियल बैंकले ६.०५ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ पुस २०७८
सेञ्चुरी कमर्सियल बैंकले ६.०५ प्रतिशत लाभांश दिने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शुक्रबार बसेको बैंक सञ्चालक समितिको ३५२औं बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको हो । 

बैंकको २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजी ९ अर्ब ३ करोड ४४ लाख २९ हजार ५०२ रुपैयाँ ५० पैसामा ५.७५ प्रतिशतले हुन आउने रकम ५१ करोड ९४ लाख ७९ हजार ६९६ रुपैयाँ ३९ पैसा  बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम २ करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ ६५ पैसा बराबरको नगद लाभाशं वितरण गर्ने भएको हो । 

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी ११औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात लाभांश वितरण गरिनेछ ।  
 

प्रतिक्रिया दिनुहोस