aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

‘करमा सहुलियत दिए 'विग मर्जर' सम्भव’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० बैशाख २०७६
‘करमा सहुलियत दिए 'विग मर्जर' सम्भव’

काठमाडौं । बैंक तथा वित्तीय सस्थालाई सरकारले कर वा अन्य सहुलियत दिएमा स्वस्फूर्त मर्जमा जाने नेपाल बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङगानाले बताएका छन् । 

मंगलबार राजधानीमा नेपाल ब्याबस्थापन संघ(म्यान)ले आगामि बजेटका बारेमा राखेको छलफल कार्यक्रममा बोल्दै ढुङगानाले यस्तो बताएका हुन । उनले भने, ‘सरकारले वित्तीय संस्थालाई एक आपसमा मर्ज हुन भन्ने चाहेको हो भने कर वा अन्य क्षेत्रमा सहुलियत दिन पर्यो सरकारबाट यस्तो सहुलियत आयो भने बैंक तथा वित्तीय क्षेत्र स्वत मर्जमा जाने छन् ।’

 वित्तीय क्षेत्रको स्थायित्व र सवल बनाउन आजको आवश्यकता हो भने सरकारले विग मर्जरका लागि केहि प्याकेज आगामि बजेट मार्फत ल्याउन समेत उनले सरकारलाई सुझाव दिए । 

भवन विभागको निर्देशनका कारण चैत ७ गतेदेखि घरजग्गाको कारोबार नभएका कारण बैंक तथा वित्तीय  संस्थाको ऋण उठाउन समस्या परेको बताए । सरकारले हालै घोषणा गरेको प्रत्येक नेपालीको बैंक खातामा बैंकहरुले सामाजिक उत्तरदायित्व अन्तरगत हालिदिएको एक सय रुपैयाँमा पनि करको समस्या आएकाले अबेको बजेटले उक्त सामाजिक उत्तरदायित्वको खर्चमा लाग्दै आएको करलाई हटाउन उनले आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस