aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

भारतमा वित्तीय साइबर ठगी बढ्दै, पाँच वर्षमा २१ गुणाले अपराध बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ पुस २०७८
भारतमा वित्तीय साइबर ठगी बढ्दै, पाँच वर्षमा २१ गुणाले अपराध बढ्यो

एजेन्सी । पछिल्ला वर्षहरूमा विश्वभरीका बैंकहरूमा डिजिटल लेनदेन बढेको छ । तर, साइबर ठगीका घटनाहरू पनि तीब्र रूपमा बढेका छन्। भारतको रिजर्व बैंक अफ इन्डियाको तथ्याङ्क अनुसार देशमा सिटिजन साइबर फाइनान्सियल फ्रडका केसहरू गत ५ वर्षमा २१ गुणाभन्दा बढि भएका छन् । पैसाको हिसाबले यस्तो ठगी करिब ३ सय प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०१६–१७ मा बैंकहरूले कार्ड÷इन्टरनेट ठगी अर्थात एटीएम, डेबिट कार्ड, क्रेडिट कार्ड र इन्टरनेट बैंकिङमार्फत ग्राहकसँग ठगीका ३ हजार २ सय २३ मुद्दा दर्ता गरेका थिए  । भने आर्थिक वर्ष २०२०–२१ मा यस्ता घटनाको संख्या बढेर ६९ हजार ४१० पुगेको छन ।

रकमको हिसाबले २०१६–१७ मा कुल ४५.५६ करोड रुपैयाँको ठगी दर्ता भएको थियो भने २०२०–२१ मा यो बढेर २०० करोडभन्दा बढी पुगेको छ । बैंकका ग्राहकहरुसँग साइबर ठगीका अधिकांश उजुरी निजी बैंकसँग सम्बन्धित छन् ।

भारतको महाराष्ट्रमा बैंकका ग्राहकहरूसँग साइबर ठगीको सबैभन्दा धेरै घटनाहरू छन् ।  २०१६(१७ महाराष्ट्रमा ग्राहकहरू विरुद्ध कार्ड÷इन्टरनेट लिङ्क गरिएको बैंकिङ धोखाधडीका १,०७५ केसहरू दर्ता भएका थिए, जुन २०२०(२१ मा बढेर २६,५२२ पुगेका छन ।

प्रतिक्रिया दिनुहोस