
काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १५० प्रतिशत हकप्रद विक्रीको प्रकृया अघि बढाएको छ । कम्पनीले उक्त हकप्रद विक्री गर्न नेपाल धतोपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीले १ः१ दशमलव ५ को अनुपातमा २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । यसका लागि असार ३१ गते निवेदन दिएको बोर्डको वेबसाइटमा उल्लेख छ ।
कम्पनीले १६ करोड २० लाख ६ हजार रुपैयाँ चुक्तापूँजीको आधारमा हकप्रद जारी गर्नेछ । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी ४० करोड ५० लाख ६९ हजार रुपैयाँ पुग्नेछ । यस हकप्रद विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस