aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

रिलायन्स फाइनान्सद्धारा १५.७९ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ पुस २०७८
रिलायन्स फाइनान्सद्धारा १५.७९ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरेर कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस