aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बोटलर्स नेपाल तराई र बालाजु कम्पनीको वार्षिक साधारण सभा पुस २८ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ पुस २०७८
बोटलर्स नेपाल तराई र बालाजु कम्पनीको वार्षिक साधारण सभा पुस २८ गते

काठमाडौं । बोटलर्स नेपाल तराई र बालाजु कम्पनीले साधारण सभा पुस २८ गते गर्ने भएका छन् । बोटलर्स नेपाल (बालाजु) ले ४३औं वार्षिक साधारण सभा पुस २८ गते बेलुका ४ बजे होटल ¥याडिसन लाजिम्पाट काठमाडौमा गर्ने जानकारी गराएको हो । 

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र एकजना स्वतन्त्र सञ्चालक र एक जना सर्वसाधारणको प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी सभाले आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस २१ गते देखि २८ गते सम्म बन्द रहने कम्पनीले जानकारी गराएको छ । 

त्यसैगरी बोटलर्स नेपाल (तराई) कम्पनीले ३५औं साधारण सभा पुस २८ गते बिहान होटल ¥याडिसन लाजिम्पाट काठमाडौंमा हुने जानकारी गराएको हो । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने,आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने र एक जना स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पारीत गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस २१ गते देखि २८ गते सम्म बन्द गर्ने जानकारी गराएको छ । यी दुबै कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छैनन् । 
 

प्रतिक्रिया दिनुहोस