aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिभिल बैंकले ५.२६ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ पुस २०७८
सिभिल बैंकले ५.२६ प्रतिशत लाभांश दिने

काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैंठकले लगानीकर्तालाई ५ प्रतिशत बोनश शेयर र ०.२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने घोषणा गरेको हो । यो लाभांशलाई अब राष्ट्र बैंकले स्वीकृति दिएपछि वार्षिक साधारणसभाबाट पारित गरेर वितरण गरिने उल्लेख छ । 

यो बैैंकले दिएको लाभांश गत वर्षको भन्दा भन्दा कम हो । गत वर्षको नाफाबाट यो बैंकले ८.४२ प्रतिशत लाभांश दिएको थियो । यो बैंकले गत वर्षको ५५ करोड ९३ लाख ६८ हजार रुपियाँ नाफा कमाएको थियो ।

सोही नाफाबाट बैंकले आफ्ना शेयरधनीलाई उक्त लाभांश दिने घोषणा गरेको हो । बैंकले शेयरधनीलाई ४९ करोड ८५ लाख ८५ हजार रुपियाँ वितरण योग्य नाफा छुट्याएको थियो । यो बैंकको चुक्ता पुँजी आठ अर्ब ६४ करोड ३६ लाख ६० हजार रुपियाँ रहेको छ । 

प्रतिक्रिया दिनुहोस