aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

समता घरेलु लघुवित्तको सातौ वार्षिक साधारण सभा बुधवार हुदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ पुस २०७८
समता घरेलु लघुवित्तको सातौ वार्षिक साधारण सभा बुधवार हुदै

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको सातौ वार्षिक साधारण सभा बुधवार पुस ७ गते हुदैछ । सभा बिहान ११ः३० बजे मिरोबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपालाञ्चोकमा शुरु हुने जानकारी गराएको छ । सभाले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

साथै कम्पनीको शेयर संमरचना ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरी पुनसर्वसाधारणलाई एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । एक जना महिला सञ्चालक सहित  जम्मा ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने र अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग गाभ्ने गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारीत गर्नेछ ।  

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर २४ गते देखि पुस ७ गते सम्म बन्द रहने जानकारी गराएको छ । यस आधारमा मंसिर २३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस