aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कृषि विकास बैंकको साधारण सभा पुस २९ गते, २१.०५३ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ पुस २०७८
कृषि विकास बैंकको साधारण सभा पुस २९ गते, २१.०५३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले पुस २९ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस ७ गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  

भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । 

सभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गर्नेछ । अग्राधिकार शेयरधनीहरुका लागि पनि बैंकले ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस १६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको दिनभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

प्रतिक्रिया दिनुहोस