aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

७४ करोड ४३ लाख माग दावी सहित ५० सहकारी विरुद्ध उजुरी

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • विहीबार, ०८ पुस २०७८
७४ करोड ४३ लाख माग दावी सहित ५० सहकारी विरुद्ध उजुरी

काठमाडौं । सहकारी विभाग काठमाडौंमा काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका ५० वटा सहकारी विरुद्ध ६ वर्षको अवधिमा ठगीको उजुरी दर्ता भएका छन्। जसमा १९ वटा मिलापत्रको क्रममा छन् भने बाँकी ३१ वटा प्रहरीकोमा पठाइएको विभागले जनाएको छ । 

विभागका अनुसार यस अवधिमा १ हजार ४०१ जना सदस्यहरुले ७४ करोड ४३ लाख ९५ हजार ८३७ रुपैयाँ बराबरको माग दावी गर्दै ३१ वटा सहकारी संस्था विरुद्ध उजुरी हालेका हुन् । विभागमा ५० वटा सहकारीको उजुरी आएको भएपनि १९ वटा सहकारीका उजुरी मिलापत्रको क्रममा रहेको सहकारी विभागका निर्देशक देवेन्द्र प्रसाद पोखरेलले बताए । उनले भने,‘ हालसम्म विभागमा ५० वटा सहकारी विरुद्ध उजुरी परेका छन् । ३१ वटा सहकारीको उजुरी प्रहरीमा पठाएका छौ । अन्य बाँकी १९ वटा सहकारी विरुद्धको उजुरी मिलापत्रको क्रममा छ ।’ 

उजुरी परेका सहकारी संस्थाहरुमा स्वर्णपथ बहुउद्देश्यीय सहकारी संस्था र अन्य सबै बचत तथा ऋण सहकारी संस्था रहेका छन् । हालसम्म उजुरी परेका संस्थाहरुमा मानापाथी बचत तथा ऋण सहकारी संस्था, मनसुन, समुन्नत, न्युज डेभलपमेन्टबचत तथा ऋण सहकारी संस्था, एल पि जि, हलमार्क, चाइना टाउन,तीव्र, सम्यम, पानी ट्ङकी, सोसाइटी,विज्नस, सिकादेवी, सूर्योदय ज्योती, ऊँ बट रहेका छन् । त्यस्तै, अष्ट मंगल, स्वतन्त्र हान्ता, जनमत, ल्हात्स, उपासी,एु टु जेट, उनन्ती, मुस्किलमा सजिलो, आनन्द नगर, सुपर टप, ढुकु पिकु, जनजावीका, अस्मासिस, महिला चालक मजदुर, जिलेट बचत तथा ऋण सहकारी संस्था आदि हुन् । 

आर्थिक वर्ष २०७२/७३ मान्युज डेभलपमेन्टबचत तथा ऋण सहकारी संस्था विरुद्ध एक बचतकर्ताले २ लाख ८४ हजार रुपैयाँ बराबरको माग दावी गर्दै उजुरी दिएका छन् । त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा अष्ट मंगल बचत तथा ऋण सहकारी संस्थाका  १ सदस्यले २९ लाख ५० हजार रुपैयाँ  बराबरको उजुरी दिएका छन् । भने स्वर्णपथ बहुउदेश्य सहकारी संस्थाका २९ जना सदस्यहरुबाट ४२ लाख ६१ हजार ७२३ रुपैयाँ र ढुकु पिकु बचत तथा ऋण सहकारी संस्थाबाट ५० लाख रुपैयाँ बराबरको उजुरी परेको हो । 

आव २०७६/७७ मा १५ वटा सहकारी विरुद्ध विभागमा उजुरी परेको छ । जसमा समुन्नत बचत तथा ऋण सहकारी संस्थाका७ सदस्यहरुबाट १ करोड ५२ लाख, एल पि जि सहकारीका ८५ जना सदस्यबाट४३ लाख ८७ हजार ९८६ रुपैयाँ, हलमार्क सहकारीका ५ सदस्यहरुबाट ५९ लाख ९३ हजार ६०६ रुपैयाँ,चाइना टाउनसहकारीका २ सदस्यबाट १८ लाख ४७ हजार रुपैयाँ, तीव्र बचत तथा ऋण सहकारी संस्थाका ७ सदस्यहरुबाट ४१ लाख २९ हजार ३५८ रुपैयाँ,सम्यम सहकारीका ५ सदस्यबाट ५८ हजार ७८७रुपैयाँ बराबरको माग दावी सहित उजुरी परेको हो । 

त्यसैगरी, सोसाइटी सहकारीका एक सदस्यबाट २३ लाख ५० हजार रुपैयाँ, विज्नेस सहकारीका १५ सदस्यहरुबाट २ करोड ५८ लाख ८० हजार रुपैयाँ,सिकादेवी सहकारीका ११ सदस्यहरुबाट ६७ लाख ७९ हजार ५०० रुपैयाँ,सूर्योदय ज्योती सहकारीका ११ सदस्यहरुबाट २ लाख ३६ हजार ६२० रुपैयाँ ठगी गरेको विभागले जनाएको छ । 

त्यस्तै, स्वतन्त्र शान्ती सहकारीका ४७ सदस्यहरुबाट २ करोड ५८ लाख ९३ हजार १३३ रुपैयाँ, ल्हात्स सहकारीका २ सदस्यहरुबाट ५ लाख ९२ हजार ७९३ रुपैयाँ उपासी सहकारीका १३ सदस्यहरुबाट १६ लाख ४ हजार ६०१ रुपैयाँ र मानापाथी बचत तथा ऋण सहकारी संस्थाका २१ सदस्यले ९१ लाख २४ हजार ११२ रुपैयाँ बराबरको उजुरी आएको विभागले जनाएको छ ।

यससँगै चालु आर्थिक वर्षमा क्रमश : मनसुन बचत तथा ऋण सहकारी संस्थाका एक सदस्यबाट १० लाख रुपैयाँ, पानी ट्ङकी सहकारी संस्थाका १० सदस्यले ८५ लाख १५ हजार २८३ रुपैयाँ,जनमत सहकारीका ३ सदस्यहरुबाट ३६ लाख २६ हजार ७३३ रुपैयाँ,ए टु जेट सहकारीका १२ सदस्यहरुबाट ५४ लाख ५ हजार ८१४ रुपैयाँ, उनन्ती सहकारीका ३५ सदस्यबाट ५९ लाख २३ हजार ९८० रुपैयाँ, मुस्किलमा सजिलो सहकारीका ४ सदस्यहरुबाट १५ लाख ४ हजार ३८४ रुपैयाँ, आनन्द नगर सहकारीका १ हजार ४९ सदस्यहरुबाट १४ करोड ६० लाख ८६ हजार ९८७ रुपैयाँ, सुपर टप सहकारीका ४ सदस्यहबाट ३ लाख ९० हजार ३०० रुपैयाँको उजुरी परेको छ । 

सोही आर्थिक वर्षमा जनजीविका बचत तथा ऋण सहकारी संस्था(काठमाडौं महानगरपालिका पेप्सीकोलामा कार्यालय रहेको )बाट ३५ करोड १९ लाख १४हजार १४२ रुपैयाँ, अस्मासिस सहकारीका २० सदस्यहरुबाट ८३ लाख ३० हजार रुपैयाँ, महिला चालक सहकारीका २ सदस्यहरुबाट १८ लाख ९० हजार रुपैयाँ र जिलेट बचत तथा अण सहकारी संस्थाका  ३३ जना सदस्यहरुबाट २ करोड ५२ लाख ४९ हजार १९८ रुपैयाँ बराबरको उजुरी परेको हो । 

निर्देशक पोखरेलले समस्याग्रस्त अवस्थामा रहेका सहकारीका लागि छुट्टै समिति बनेको समेत जानकारी दिए । उनले भने, ‘समस्याग्रस्त अवस्थामा रहेको सहकारीका लागि छुट्टै समिति बनेको छ । चाँडै नै समस्या समाधान गर्छौ ।’

कतिपय उजुरी परेका सहकारीहरु सम्पर्कमा आएर पैसा भुक्तानी गर्ने गरे पनि केही सहकारीहरु भने बन्द नै गरेर भाग्ने गरेको उनी बताउँछन् । निर्देशक पोखरेल भन्छन्, ‘विभागमा उजुरी परेपछि कतिपय सहकारीले सम्पर्कमा आएर पीडितको पैसा भुक्तानी गर्छन् । तर केही सहकारी भने कार्यालय नै बन्द गरेर भाग्ने गरेका छन् ।’

उनका अनुसार भागेका सहकारीहरुलाई पत्र काटेर ७ दिनभित्र जानकारी माग्ने गरिन्छ । त्यसपछि पनि सम्पर्कमा आएनन् भने प्रहरीमा उजुरी गर्ने गरेको उनले बताए । तर, विभाग नै साक्षी बसेर पैसा उठाइदिने काम भने नगर्ने उनले बताए । विभागका अनुसार हाल काठमाडौं महानगरपालिका भित्र १६ सय सेभिङ एण्ड क्रेडिट सहकारी संस्था सञ्चालनमा रहेका छन् । यससँगै बहुउद्देश्यीय सरकारी संस्थाहरु ५ सयको हाराहारीमा रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस