aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

लक्ष्मी बैंकको २१औँ साधारण सभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ पुस २०७८
लक्ष्मी बैंकको २१औँ साधारण सभा सम्पन्न

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको २१औं वार्षिक साधारणसभा बिहिबार काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु ११ अर्ब ५५ करोड पुगेको छ । साधारण सभाले आर्थिक वर्ष २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । 

आर्थिक वर्ष २०७७/७८ मा ११७ अर्ब निक्षेप र १०८ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु १५२ अर्ब रहेको छ । उक् आर्थिक वर्षमा बैंकले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

प्रतिक्रिया दिनुहोस