aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेशनल माइक्रोफाइनान्सको खुद मुनाफा ५३ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ साउन २०७६
नेशनल माइक्रोफाइनान्सको खुद मुनाफा ५३ प्रतिशतले वृद्धि

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्ममा आईपुग्दा खुद नाफा १३ करोड १४ लाख रुपैयाँ कमाएको छ । जुन गतवर्षको सोहिअवधिको तुलनाभन्दा नाफा ५३ दशमलव २७ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ८ करोड ५७ लाख रुपैयाँ कमाएको थियो ।

१५ करोड ८ लाख रुपैयाँ चुक्ता पुँजी भएको नेशनल माइक्रोफाइनान्सले जगेडाकोषमा २४ करोड १२ लाख रुपैयाँ छुटाएको छ । जसले कर्जामा ३ अर्ब ६६ करोड ५४ लाख रुपैयाँ लगानी गरेको छ ।

नेशनल माइक्रोफाइनान्सको खुद व्याज आम्दानी ५४ दशमलव ६५ प्रतिशतले बढेर २६ करोड ६४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५५ दशमलव २२ प्रतिशतले बढेर २० करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । 

नेशनल माइक्रोफाइनान्सको निष्कृय कर्जा १ दशमलव ४३ प्रतिशत, जोखिम युक्त सम्पत्ति ११ दशमलव ११ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिकिरण ८७ दशमलव १२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव ३० गुणा, तरलता अनुपात १२ दशमलव २६ प्रतिशत र प्रतिशेयर नेटवर्थ २५९ दशमलव ८६ रुपैयाँ रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस