aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

फरवार्ड माइक्रोफाइनान्स पुस ३० गते ४२ प्रतिशत लाभांश पारित गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ पुस २०७८
फरवार्ड माइक्रोफाइनान्स पुस ३० गते ४२ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ३० गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ८ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय सुनसरीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

 सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङग्याउनेछ । कम्पनीले गत वर्षको मुनाफाबाट कुल ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको मंसिर २१ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ६२ करोड ५५ लाख १९ हजार छ । उक्त पूँजीको आधारमा कम्पनीले लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई समेत सभाले पारित गर्नेछ ।

गत वर्षभन्दा यस वर्ष कम्पनीले बढाएर लाभांश प्रस्ताव गरेको हो । गत वर्ष कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ६ दशमलव ५८ प्रतिशत नगद लाभांश गरी कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश दिएको थियो । यी प्रस्तावहरुसँगै कम्पनीले अन्य कुनै लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ती प्रकृयमा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

सभा प्रयोजनका लागि पुस १६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस