काठमाडौं । सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलको नयाँ म्युचलफन्ड ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २’ को १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ करोड इकाई बिक्री गर्ने भएको छ । यसमध्ये १५ प्रतिशत अर्थात २ करोड १० लाख इकाई बिज पुँजी वापत कोष प्रवद्र्धक सिद्धार्थ बैंकलाई छुट्याइएको छ । बाँकी ११ करोड ९० लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुला गर्न लागिएको हो ।
जसले साउन २३ गतेदेखि नयाँ म्युचलफन्डको बिक्री गर्ने भएको छ । यसमा साउन २७ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयसम्म सबै इकाई बिक्री नभएमा भदौ २० गतेसम्म खुला रहने सिद्धार्थ क्यापिटलले जनाएको छ ।
सिद्धार्थ म्युचुअल फन्डमा न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ ।
लगानीकर्ताले सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो चौथो म्युचुअल फन्ड हो । अहिले सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस