
काठमाडौं । सिद्धार्थ इक्विटी फन्डले इकाई धनीलाई करसहित ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । नेपाल स्टक एक्सचेञ्जमार्फत सूचना जारी गदैं फण्डको साउन ६ गतेको बैंठकले उक्त लाभांश दिने निर्णय गरेको जानकारी दिएको हो ।
सिद्धार्थ म्यूचुअल फण्डद्वारा सञ्चालित यस फण्डको जेठ मसान्तसम्ममा कुल सम्पत्ति १ अर्ब ७० करोड ७० लाख २३ हजार रहेको छ । जम्मा इकाई १५ करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस