
काठमाडौं । महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एनबीआइको तर्फबाट प्रमुख कार्यकारी अधिकारी संजिब सुब्बाले हस्ताक्षर गरेका थिए ।
यस समझदारीपत्रमा उल्लेख भए बमोजिम महालक्ष्मी विकास बैंक का १०० भन्दा बढी कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले प्रदान गर्दै आईरहेको बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण व्ब्ल्द्यक्ष् कोर्स प्रदान गर्ने सहमति भएको छ ।
बैंकका कर्मचारीहरुको क्षमता एवम् दक्षता अभिबृद्धि गर्ने प्रयास स्वरुप यो कोर्ष विकास गरिएको हो । विशेष गरी सहायक तहदेखि सहायक प्रबन्धक तहसम्मका कर्मचारीहरुको दक्षता तथा कुशलता पूर्वक कार्य सम्पादन गर्ने क्षमता अभिवृद्धि गर्ने हेतुले बैंकको तर्फबाट सो समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछाने ज्यूले यस कोर्समा आवद्ध हुने आफ्ना कर्मचारीहरुले यस कोर्स उतीर्ण गरी व्ब्ल्द्यक्ष् प्रमाणपत्र प्राप्त गर्न सक्ने जानकारी गराउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस