
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ६ गते आठौं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको पुस ८ गतेको सञ्चालक समितिको बैठले क्रिक रिसार्ट, धादिङबेसी, धादिङमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७७÷७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । यस वर्ष कम्पनीले गत वर्षसम्मको मुनाफाबाट कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको मंसिर १ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ४१ करोड ९० लाख ५३ हजारको आधारमा ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांशलाई पनि सभाले वितरणयोग्य बनाउनेछ ।
यी प्रस्तावहरुसँगै सभाले अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस २६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछनु ।
प्रतिक्रिया दिनुहोस