aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

‘भुक्तानी प्रणाली धेरै भए, नियमन गर्न ढिला भयो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ पुस २०७८
‘भुक्तानी प्रणाली धेरै भए, नियमन गर्न ढिला भयो’

काठमाडौं । नेपालमा भुक्तानी प्रणाली सेवा प्रदायक कम्पनी धेरै भएको बैंक तथा वित्तीय परिसंघ(सिविफिन)ले आरोप लगाएको छ । शुक्रबार सिवीबीफिनले बैंक तथा वित्तीय संस्था क्षेत्रमा अप्ठ्यारा र चुनौति विषयमा अध्ययन गरेको प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो । 

अध्ययनका क्रममा फेला परेका बैंक तथा वित्तीय संस्थाहरुका अप्ठ्यारा र चुनौतिहरु पहिल्याएर नेपाल राष्ट्र बैंकलाई सुझावका रुपमा पेश गरिएको बताएको छ । नेपालभन्दा कयौं गुणा जनसख्या रहेको भारतमा समेत ६ वटा मात्र भुक्तानी प्रणाली रहेकोमा नेपालमा २८ वटा भुक्तानी प्रणाली सेवा प्रदायक भएको सिविफिनले बताएको छ । भुक्तानी प्रणालीलाई बेलैमा नियमनको दायरामा ल्याउन समेत सिविफिनले सुझाव दिएको छ ।  

कार्यक्रममा बोल्दै अध्ययनमा संलग्न बैंकर विएन घर्तीले बैंक तथा वित्तीय संस्थाहरुमा रहेका समस्या र चुनौतिका बारेमा अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको उनले बताए । उनले भने,नेपालमा रहेका बैक तथा वित्तीय क्षेत्रमा अनेकौ समस्या रहेको छन् । त्यसमध्ये केहि समस्याहरु र त्यसको समाधानका बारेमा मध्ययनले औल्याएको उनले बताए । 
 

प्रतिक्रिया दिनुहोस