aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गणपति लघुवित्त वित्तीयले लाभांश पारित गर्यो, तीन जना नयाँ सञ्चालक निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ पुस २०७८
गणपति लघुवित्त वित्तीयले लाभांश पारित गर्यो, तीन जना नयाँ सञ्चालक निर्वाचित

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले चुक्ता पुँजीको १९ प्रतिशतले हुने बोनश शेयर तथा कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरि जम्मा २० प्रतिशत लाभांश वितरण गर्ने लगाएतका सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतीले पारीत गरेको छ । 

पौष १७ गते शनिबार बिहान ११ बजे ह्वाइट हाउस पार्टि प्यालेस, शुक्लागण्डकी ४ दुलेगौंडा तनहुँमा संचालक समितिका अध्यक्ष युवराज भण्डारीले उद्घाटन गरेका थिए । साथै सभाबाट संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने संचालकमा अर्चना प्रधान, शिल्पा प्रधनाङ्ग र निरजा शर्मा सापकोटा निर्विरोध निर्वाचित भएका छन ।

प्रतिक्रिया दिनुहोस