aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

साना किसान विकास लघुवित्तको २६.३१ प्रतिशत लाभांश पारीत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ पुस २०७८
साना किसान विकास लघुवित्तको २६.३१ प्रतिशत लाभांश पारीत

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको बीसौं वार्षिक साधारण  सभा सम्पन्न भएको छ । सभा आइतवार नेपाल प्रशासनिक प्रतिष्ठान जावलाखेल ललितपुरमा सम्पन्न भएको हो । 

सभाले कुल २६ दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर र १ दशलमव ३१ प्रतिशत नगद लाभांश गरेर कुल २६ दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको हो । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ५ गते देखि १८ गते सम्म बुक क्लोज गरेको थियो । यस आधारमा पुस ४ गते सम्म कायम शेयरधनीले मात्र लाभांश पाएका छन् । सभा कम्पनीका अध्यक्ष खेम बहाुदुर पाठकको अध्यक्षतामा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल,ललितपुर सभाहलमा सम्पन्न भएको हो । 

साधारण सभामा उपस्थित कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा शिवराम प्रसाद कोइरालाले स्वागत गरेका थिए भने कम्पनी सचिव झलेन्द्र भट्टाईले कार्यक्रम सञ्चालन गरेका थिए । आव २०७६/७७ को अन्त्यमा कम्पनीको कुल सम्पत्ति रू. २४ अर्ब ३८ करोड १० लाख रहेकोमा आव २०७७/७८ को अन्त्यमा ७ दशमलव १३ प्रतिशत वृद्धि भई रू.२६ अर्ब १२ करोड पुगेको छ । 

प्रतिक्रिया दिनुहोस