aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपाल एसबिआई बैंकको साधारण सभा मंगलवार हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ पुस २०७८
नेपाल एसबिआई बैंकको साधारण सभा मंगलवार हुँदै

काठमाडौं । नेपाल एसबिआई बैंकको अठइसौं वार्षिक साधारण सभा मंगलवार पुस २० गते हुदैछ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालि काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको हो ।  

सभाले ३ दशमलव ५० प्रतिशत बोनस शेयर र १ दशमलव ८१ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ७ गते देखि २० गते सम्म बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस ६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस