aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अमिताभ बुद्ध सहकारीबाट नगद ९ लाख चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ पुस २०७८
अमिताभ बुद्ध सहकारीबाट नगद ९ लाख चोरी

भक्तपुर । सूर्यविनायक नगरपालिका ८ गणेश मन्दिर नजिकै रहेको अमिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ९ लाख २९ हजार ३ सय ३१ रुपैयाँ आइतबार राति चोरी भएको छ ।

दराजमा राखेको उक्त नगद चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस