aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

निःशुल्क छोडी बास्नादर कण्डम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ साउन २०७६
निःशुल्क छोडी बास्नादर कण्डम

काठमाडौं । दोलखाको विकट गाउँ दूधपोखरीस्थित स्वास्थ्य चौकीले निःशुल्क कण्डम बाकस हटाइदिएको छ । कण्डम लिन सर्वसाधारण आउन छाडेका र स्वास्थ्य चौकीमा सञ्चित कण्डमको म्याद गुज्रिन लागेपछि बाकस हटाइदिएको हो ।


दूधपोखरी स्वास्थ्य चौकीमा जस्तै स्वास्थ्य संस्थामा उस्तै अवस्था छ । कण्डमको माग र खपत ह्वात्तै घटेको हो । सरकारले विभिन्न स्वास्थ्य संस्थामार्फत औषधि तथा यौनरोग नियन्त्रणका साथै परिवार नियोजनका अस्थायी साधनको रुपमा कण्डम निःशुल्क बाँड्दै आएको छ ।


कालिञ्चोक गाउँपालिकास्थित १० वटा स्वास्थ्य संस्थामा निःशुल्क कण्डम पाइन्छ । तर ती मध्ये गाउँ पठाइएका प्रायः संस्थामा रहेका कण्डमको म्याद गुज्रिसकेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले अघिल्लो आर्थिक वर्षमा ल्याएका ११ हजार पिस कण्डम त्यसै छन् ।


मानिसमा यौन तथा एचआइभीका साथै गर्भ बस्न नदिने सम्बन्धी चेतना बढ्दै जानुका साथै बजारमा पाइने डटेड र वास्नादार कण्डमका कारण सरकारी स्वास्थ्य संस्थाका निःशुल्क कण्डमप्रति आकर्षण घटेको हुन सक्ने स्वास्थ्यकर्मीको ठम्याइ छ । यो खबर आजको आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस