aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गरिमा विकास बैंकले यस वर्ष १६ प्रतिशत बोनस शेयर वितरण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ पुस २०७८
गरिमा विकास बैंकले यस वर्ष १६ प्रतिशत बोनस शेयर वितरण गर्ने

काठमाडौं । गरिमा विकास बैंकले यस वर्ष १६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको पुस २२ गते विहान बसेको सञ्चालक समितिको बैठकले सहारा विकास बैंकलाई प्राप्ती पूर्व कायम चुक्तापूँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार रुपैयाँ रहको थियो । 

 साविक सहारा विकास बैंकको चुक्तापूँजी २७ करोड २२ लाख ७० हजार रुपैयाँको समेत गरी हाल कायम कम्पनीको चुक्तापूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार रुपैयाँको आधारमा कम्पनीले १६ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो । 

गत वर्ष प्राप्ती प्रकृयामा गएकाले कम्पनीको बोनस शेयर वापत लाग्ने कर रकममा भने छुट हुनेछ । कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस