aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अर्थतन्त्रको आधार सहकारी: मुख्यमन्त्री पोखरेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ पुस २०७८
अर्थतन्त्रको आधार सहकारी: मुख्यमन्त्री पोखरेल

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरलले अर्थतन्त्रको आधार सहकारी भएको बताएका छन् । सहकारीलाई समेटेर बनेको नेपालको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकको गण्डकी प्रदेशस्तरीय १८ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका विभिन्न आधारमध्ये सहकारी पनि महत्वपूर्ण रहेको उल्लेख गरेका हुन् । 

सहकारीको रकम उत्पानदनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पोखरेलले  पर्यटन, जलविद्युत्, उद्योग, व्यापारलगायत क्षेत्रमा सहकारीले लगानी बढाउँदै गएमा अर्थतन्त्रमा टेवा पुयाउन सकिने जानकारी दिए । उनले प्रदेश सरकारले सहकारीलाई रचनात्मक ढङ्गले सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस