aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जनसेवक सहकारीमा पुनः नेपाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ पुस २०७८
जनसेवक सहकारीमा पुनः नेपाल

भैरहवा । जनसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं साधारणसभा तथा अधिवेशन  सम्पन्न भएको छ । अधिवेशनबाट शोभाकान्त नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्ष नेपालले निर्वाचित पछि सहकारीलाई चुस्त दुरुस्त पार्न सधै लाग्ने र सबै सदस्यहरुले संस्थालाई अगाडि बढाउन सहयोग गर्नु पर्ने बताए ।

हरेक ३० जना मिलेर सहकारी संस्था खोल्न मिल्ने कानुन भएकाले अहिले समाजमा आएको हल्लाको पछाडि लाग्न नहुने सहकारी विज्ञ लक्षमण पौडेलले बताए ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन, लेखा परीक्षण कोषाध्यक्ष बसन्त भट्टराई, सचिवको प्रतिवेदन माधव कोइरालाले प्रस्तुत गरेका थिए । उपाध्यक्ष जनकराज पन्तको स्वागत मन्तव्य, सचिव माधब कोइरालाको सञ्चालन र शोभाकान्त नेपालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

शोभाकान्त नेपालको नेतृत्वमा उपाध्यक्ष सीता दाहाल, सचिव जनकराज पन्त, कोषाध्यक्ष  हरि खड्का, सदस्यमा पुनहरि बेल्बासे, सुधिर पाण्डे, सबिता पाण्डे, पिताम्बर आचार्य, दिपक ज्ञवाली, लेखा सुपरिवेक्षण संयोजक प्रमोद ज्ञवाली निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत लक्षमण पौडेलले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस