aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सदस्यलाई लाभांस स्वरुप इन्डकसन चुलो प्रदान गर्न सुझाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ पुस २०७८
सदस्यलाई लाभांस स्वरुप इन्डकसन चुलो प्रदान गर्न सुझाव

काठमाडौं । श्रीगणेश बहुउद्देश्यीय सहकारी संस्थाको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सभामा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विशेष अतिथिको आशनग्रन गरेका थिए ।

शुभकामना मन्तव्य दिने क्रममा उर्जा मन्त्री भुसालले आउने आर्थिक वर्षमा संस्थाले प्रत्यक सदस्यलाई लाभांस स्वरुप इन्डकसन चुलो  प्रदान गर्न सुझाव दिएकी थिइन ।सोहि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले  आफुसंग भएको पैसालाई घरमा नराखि लगानी वा वितिय संस्थामा राखि थप पैसा आर्जन गर्न सुझाब दिए ।

त्यस्तै ज्यापु समाज यलका  प्रथम उपाध्यक्ष सविना अवालेले कोरनाले ठलिएको अर्थतन्त्रमा पनि संस्थाको सन्तुलित आर्थिक प्रतिवेदन प्रति सन्तोस व्यक्त गरेका थिए । सस्थाले आव २०७७र७८ मा संस्थाको शेयर पुँजी ८ करोड ६ लाख ३२ हजार ९ सय रहेको छ । संस्थामा सक्रिय  १ हजार ८ सय २८ जना सदस्य आबद्ध भएका छन् । उक्त अवधिमा संस्थाको जगेडा कोषमा २ करोड ८१ लाख ११ हजार ७ सय ९ रुपियाँ रहेको प्रतिवेदन संस्थाका प्रस्तुत गरिएको थियो ।

 त्यस्तै संस्थाले ५१ करोड ५७ लाख ४१ हजार ५ सयं ४२ रुपियाँ निक्षेप संकलन गरी २६ करोड ९० लाख ९७ हजार २ सयं ४१ रुपियाँ कर्जा लगानी गरेको छ । सहकारीले गोदावरी नगरपालिका स्थित लेलेमा १२ रोपनी १४ आन ३ पैसा कृषि परियोजनोको लागि जग्गा  खरिद गरेको छ ।

प्रतिक्रिया दिनुहोस