aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

हिमालयन बैंक गल्फ प्रतियोगिताको उपाधि प्रहरीका एआइजीले जिते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ पुस २०७८
हिमालयन बैंक गल्फ प्रतियोगिताको उपाधि प्रहरीका एआइजीले जिते

काठमाडौं । हिमालयन बैंक  गल्फ प्रतियोगिता २०२२ हालै रोयल नेपाल गल्फ कोर्स, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा २०७८ साल पौष २३ देखि २४ गते सम्म सम्पन्न भएको छ । स्टेबल फोर्ड ३÷४ ह्यान्डिक्याप विधामा संचालन भएको उक्त   प्रतियोगितामा एआइजी. हरि बहादुर पाल ४० अंकका साथ प्रथम भई ट्रफी जित्न सफल भएका छन् भने ३७ अंकका साथ मेजर जेनेरल बिजय मोक्तनले दोश्रो पुरस्कार हात पार्न सफल भएका छन् । 

यसै गरी महिला तर्फबाट तारा कार्की चित्रकार ३७ अंकका साथ प्रथम भएकी छिन भने सिनियर तर्फको उपाधि मेजर जनरल कमल सिंह प्रधानले ३४ अंक सहित जित्न सफल भइन  । विभिन्न विधामा सम्पन्न भएको उक्त प्रतियोगितामा हिमालयन बैंक परिवारका तर्फबाट जयन्द्र विक्रम शाहले ३१ अंकका साथ उपाधि जित्न सफल भएका छन् । 

यसरी नै पुरुष जुनियर तर्फबाट टासी शेर्पाले २५ अंकका साथ बिजयी हुन सफल हुनुहुँदा महिला जुनियरको उपाधि  अन्भद्या मल्लले १८ अंकका साथ जित्न सफल भएका छन । यसै गरी जुनियर लंगेष्ट ड्राइभको उपाधि जयविर आर्चायले जिते भने जुनियर क्लोजेष्ट टु द पीन इदान्त सिंह साउडले जिते ।

पुरस्कार वितरण समारोहमा बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत त्था संचालक विजय बहादुर श्रेष्ठले बैंकले विगतदेखि नै देशमा गल्फ लगायत अन्य खेलकुदको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको र भविष्यमा पनि गरिरहने बताए ।

उक्त प्रतियोगितामा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ, संचालक विजय बहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा, महाप्रबन्धक अनुप मास्के लगायत अन्य वरिष्ठ पदाधिकारीहरु उपस्थिति रहेका थियो । 
 

प्रतिक्रिया दिनुहोस