
काठमाडौं । एक महिनाभित्र नेपालमा तरलता अभाव हट्ने अर्थमन्त्री जनार्दन शर्माले दावी गरेका छन् । सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को दोस्रो वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्रीले यस्तो दावी गरेका हुन । उनले भने, ‘नेपालमा प्रणालीगत रुपमा नै भएका समस्या समाधान तर्फ हामी लागेका छौं । त्यसमध्ये वित्तीय क्षेत्रमा हाल देखिएको तरलता समस्या पनि हो यो समस्यलाई हामी एक महिनाभित्र समाधान गर्छौ ।’
कोरोना महामारीका कारण नेपालमा २ वर्षसम्म लगानीका काम नहुँदा अहिले एकैपटक धेरै क्षेत्रमा लगानी बढेकाले पनि तरलता समस्या सृजना भएको उनले बताए । उनले भने, नेपालमा महामारीका कारणले विगत दुई वर्षदेखि ठूलो लगानी नभएको र आयात बढ्दा तरलतामा दबाब सिर्जना भएको हो ।’
उनले बैंकलाई जनताको निक्षेपमा मात्रै ध्यान नदिन बरु अन्य क्षेत्रमा पनि जानका लागि आवश्यक रहेको सुझाव दिए । उनले बैंकहरुले धेरै कमाएको संकेत गर्दै संकटका बेलामा धेरै नाफा लिन नहुने बताए ।
बैंकहरुले धेरै नाफा कमाएको भन्दै उनले भने, ‘संकट परेको बेलामा उद्योग बचाउनु पर्ने हो तर बैंकले त्यसो गरेनन् बरु ८ प्रतिशतको ब्याजदर ११ प्रतिशतसम्म पुर्याइयो ।’ सोहि कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले वित्तीय क्षेत्रमा तरलता अभाव हुनुमा सरकार र बैंक वित्तीय सञ्चालक सबै दोषी रहेको उनले बताए ।
उनले भने, ‘नेपालमा उत्पादनमुलक क्षेत्रमा लगानी नहनु र केन्द्रीय बैंकको रुढीबादी रोचका कारणले गर्दा सधै तरलता अभाव भइरहने छ ।’ उद्योगीले उत्पादनमुलक उद्योगमा लगानी नबढाएको र त्यसकारण कस्ट अफ डुइङको कारण पनि रहेको बताए । तरलता अभावका कारण राज्य नै नचल्ने अबस्थामा पुग्ने समेत उनले बतातए । उनले भने, ‘यो समाधान नगरे केही महिनामा औषधि समेत किन्न नसक्ने अवस्था आउन सक्छ ।’
प्रतिक्रिया दिनुहोस