
काठमाडौं । ए डिभिजन फुटबल प्रतियोगिताको प्रायोजनमा हिमालयन बैंक लिमिटेड रहेको छ । हिमालयन बैंकले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन न्यूरोड स्थित संकटा क्लबलाई रुपैयाँ दश लाख प्रदान गरी प्रायोजन गरेको हो ।
बैंकले सो रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरुप प्रदान गरेको हो । बैंकले विगत देखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरुको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको छ ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम एक समारोहका बीच संकटा क्लबका महासचिब रमेश धोज बस्नेतलाई हस्तान्तरण गरेका हुन् । उक्त समारोहमा महाप्रबन्धक श्री अनुप मास्के लगायत अन्य वरिष्ठ पदाधिकारीहरु सहित संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर लगायत अन्य प्रतिनिधिहरुको उपस्थिति रहेका थियो ।
प्रतिक्रिया दिनुहोस