aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मर्जरमा जाने बैंकलाई ५ सुविधा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ साउन २०७६
मर्जरमा जाने बैंकलाई ५ सुविधा

काठमाडौं  । नेपाल राष्ट्र बैंकले ५ प्रकारको सहुलियत दिएर बैंकहरुलाई मर्जमा जानलाई प्रोत्साहन गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा चिरन्जीवी नेपालले निम्न ५ वटा सहुलियत दिने घोषणा गरेका हुन्  ।

१. प्राथमिकता प्राप्त क्षेत्रमा गरिनु पर्ने न्युनतम लगानी २०७८ असार मसान्तसम्म कायम गरे हुने 

२. २०७८ असार मसान्त सम्म स्प्रेड दर ४.४ कायम गरे हुने 

३, शाखा खोल्न राष्ट्र बैंकको स्वीकृति नचाहिने

४. कार्यकारीहरुलाई कुलिंग पिरियड लागु नहुने 

५. ऋणपत्रमा गरिनु पर्ने लगानी २०७८ असार मसान्त सम्म गरे हुने 

२०७७ असार मसान्तसम्म एकिकृत कारोबार गर्नेले मात्र यी सुबिधा पाउने छन्  ।
 

प्रतिक्रिया दिनुहोस