aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कर्जामा सेवा शुल्क लिन नपाइने, आवेदन दिएको सात दिनभित्र छिनोफानो गर्नुपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ साउन २०७६
कर्जामा सेवा शुल्क लिन नपाइने, आवेदन दिएको सात दिनभित्र छिनोफानो गर्नुपर्ने

काठमाडौं ।  १५ लाखसम्मको कृषि, उद्यम तथा व्यवसाय प्रवद्र्धन कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्न पाउने व्यवस्था भएको छ । त्यस्तै कुनै प्रकारको सेवा शुल्क लिन नपाउने र समय अगावै कर्जा भुक्तानी गरेमा अग्रिम भुक्तानी शुल्क लिन नपाइने व्यवस्था मौद्रिक नीतिमा छ । 

त्यस्तै बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाले कर्जा निवेदन प्राप्त भएको सात दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको प्रष्ट कारण समेत सम्बन्धित ग्राहकलाई जानकारी दिनुपर्ने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ । त्यस्तै वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले आफ्नो कुल कर्जा लगानीको न्यूनतम ५
प्रतिशत विपन्न वर्गमा लगानी गर्नुपर्ने व्यवस्थालाई यथावत् राखिएको छ । 

प्रतिक्रिया दिनुहोस