aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको २९.१६ प्रतिशत लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ पुस २०७८
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको २९.१६ प्रतिशत लाभांश पारित

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.को पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले मुख्यतया आ.व. २०७७/७८ सम्मको मुनाफाबाट चुक्ता पुँजी ३२,४६,०३,४७२ रुपैयाँको २७.७० प्रतिशत बोनश शेयर, १.४६ प्रतिशतले नगद लाभांश (बोनश शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि) पारित गरेको छ  ।

संस्थाको अध्यक्ष खेमराज नेपाल ज्यूको अध्यक्षतामा केन्द्रीय कार्यालय गैंडाकोट, नवलपरासीमा २०७८ पौष २७ गते सम्पन्न भयो । उक्त साधारण सभामा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले भौतिक र भर्चुअल माध्यमद्धारा उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वागत गरेका थिए । 

 साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फवाट विष्णु कुमार घिमीरे, रमेश कुमार कर्माचार्य, रामकृष्ण डंगोल र धरा नेपाल जोशी निर्विरोध निर्वाचित हुनु भएको थियो । साधारण सभा पश्चात २०७८ पौष २७ गते बसेको ७७ औं बैठकबाट अध्यक्ष पदमा सञ्चालक बलराम विष्ट चयन भएका छन ।  विष्टले पौष २८ गते नै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल समक्ष पद तथा गोपनियताको शपथ लिएका छन । 

प्रतिक्रिया दिनुहोस