aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

महालक्ष्मी विकास बैंकको साधारण सभा दोस्रो पटक स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ माघ २०७८
महालक्ष्मी विकास बैंकको साधारण सभा दोस्रो पटक स्थगित

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले दोस्रो पटक २०औं वार्षिक साधारण सभा स्थगित गरेको छ । यस अघि पुस २५ गते गणपूरक संख्या नपुगेपछि स्थगित गरी माघ ३ गतेका लागि बोलाईएको सभा पुनः स्थगित भएको हो ।

बैंकको २०औं वार्षिक साधारण सभाका सम्बन्धमा शेयरधनीहरु गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले पुस २९ गते बैंक समेतका विरुद्ध उच्च अदालत पाटमा रिट दायर गरेका थिए । उक्त रिटका सम्बन्धमा अन्तरिम छलफलका लागि माघ ३ गतेका लागिनै पेशी तोकिएको स्थितिमा वार्षिक साधारण सभा गर्न नसकिने जानकारी बैंकले दिएको छ । अदालतको अर्को आदेश नभएसम्मका लागि सभा स्थगित हुने जानकारी बैंकले दिएको छ ।

यस वर्ष बैकले २० औं सभामार्फत संस्थापक तर्फको तीन जना र सर्वसाधारण तर्फको तीन जना गरी ६ जना सञ्चालक निर्वाचन गराउने कार्यक्रम राखेको थियो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउने कार्यक्रम थियो । यस वर्ष बैंकले कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । । बैंकको मंसिर १२ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ३४ करोड २४ लाख २ हजार रहेको छ । 

यस वर्ष बैंकले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको हो । यस अघि आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ९ दशमलव ८९ प्रतिशत नगद लाभांश गरी कुल १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष भने बैंकले ८ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत गरी कुल ९ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस