aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नबिल बैंकको ए.टि.एम ललितपु र महानगरपालिकामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ साउन २०७६
नबिल बैंकको ए.टि.एम ललितपु र महानगरपालिकामा

काठमाडाैं । स्थानीय बासिन्दाहरुको सुविधाको लागि नबिल बैंकले ललितपुर महानगरपालिकामा परिसरमा एक एटिएम जडँन गरी  सेवा शुरुआत गरेको छ । 

नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड््याल तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त एटिएमको उद्घाटन आज संंयुक्त रुपमा गरेका हुन् । यस संगै बैंकको एटिएम संजाल काठमाडौं उपत्यका भित्र ७० वटा र उपत्यका बाहिर ६८ वटा ग©ि कुल संख्या १३८ पुगेको छ । 

भिषा कार्ड, माष्टर कार्ड, युनियन पे कार्ड र एससिटि (स्थानीय तथा अन्तर्राष्ट्रिय) कुनै पनि कार्ड बाहकहरूले उक्त एटिएमहरुबँट नगद झिक्ने तथा अन्य सुविधाहरु उपभोग गर्न सक्नेछ ।

बैंकका अध्यक्ष शम्भु प्रसाद पौड््यालले आज नयाँ एटिएमको उद्घाटन गर्दै भने ‘ग्राहक सुविधा उपलब्धताको लागि धेरै सेवा केन्द्र बिस्तार गर्ने प्रतिबद्धता अनुरुप १३८ औं एटिएम थप गर्दा हामीलाई खुशी लागेको छ । व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यक्ता घरदैलोमै परिपुर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता रहनेछ ।’

साथै ललितपुर महानगरपालिकका मेयर, चिरीबाबु महर्जनले, “नबिल बैंकले एस महानगरपालिका परिसरमा जडँन गरेको एटिएमले महानगरपालिकका सेवाग्रही तथा कर्मचारीहरु लाई आफ्नो आर्थिक कारोबार गर्न धेरै सहयोग पु¥याउने छ।” भने ।

नबिल बैंकले ७९ वटा शाखाहरु, १३८ वटा एटिएमहरु र १ हजार ५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।
 

प्रतिक्रिया दिनुहोस