aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

प्रभु बैंकको नाफा ११२ प्रतिशतले वृद्धि, ईपीस २४ रुपैयाँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ साउन २०७६
प्रभु बैंकको नाफा ११२ प्रतिशतले वृद्धि, ईपीस २४ रुपैयाँ

काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आव २०७५/७६ को चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा २ अर्ब ५ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा नाफा ११२ दशमलव ०४ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ९६ करोड ७० लाख रुपैयाँ कमाएको थियो ।

८ अर्ब ८९ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी भएको प्रभु बैंकको रिटर्न अडिङ्ग १ अर्ब ७९ करोड ५५ लाख रुपैयाँ र जगेडामा ३ अर्ब ८७ करोड ८३ लाख रुपैयाँ छुटाएको छ ।

बैंकले निक्षेपमा १५ दशमलव ५६ प्रतिशतले वृद्धि गरी १ खर्ब १२ अर्ब ३९ करोड ३४ लाख रुपैयाँ संकलन गरी कर्जामा ८६ अर्ब ४१ करोड ५८ लाख रुपैयाँ लगानी गरेको छ । कर्जामा १९ दशमलव ४४ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ६२ दशमलव १३ प्रतिशतले बढेर ४ अर्ब ५६ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६४ दशमलव ३९ प्रतिशतले बढेर २ अर्ब ८६ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निष्कृय कर्जा २ दशमलव ३१ प्रतिशत, जोखिम युक्त सम्पत्ति ११ दशमलव ५८ प्रतिशत, कोषको लागत ६ दशमलव १६ प्रतिशत, सिसिडि रेसियो ७४ दशमलव २५ प्रतिशत, आधार व्याजदर ९ दशमलव ३६ प्रतिशत र स्प्रेड दर ४ दशमलव ७ प्रतिशत रहेको छ ।

जसको प्रतिशेयर आम्दानी २४ दशमलव १८ रुपैयाँ, बजार मुल्य २६६ रुपैयाँ, मुल्य अनुपात ११ गुणा, नेटवर्थ १६३ दशमलव ८० रुपैयाँ र तरलता अनुपात २८ दशमलव ०८ प्रतिशत रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस