aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एनएमबी लघुवित्तले कमायो ६ करोड ९ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ साउन २०७६
एनएमबी लघुवित्तले कमायो ६ करोड ९ लाख

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा ६ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा नाफा ८६ दशमलव ४५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ३ करोड २७ लाख रुपैयाँ कमाएको थियो ।

१६ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी भएको एनएमबि माइक्रोफानान्सले जगेडाकोषमा १४ करोड ३३ लाख रुपैयाँ छुटाएको छ ।

लघुवित्तले निक्षेपमा ५५ दशमलव ४५ प्रतिशतले वृद्धि गरी १ अर्ब ८ करोड २७ लाख रुपैयाँ संकलन गरी कर्जामा ३ अर्ब ७ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ । कर्जामा ४१ दशमलव ९० प्रतिशतले वृद्धि गरेको छ ।

एनएमबि माइक्रोफानान्सको खुद व्याज आम्दानी २५ दशमलव ४५ प्रतिशतले बढेर २० करोड ७४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८४ दशमलव ३१ प्रतिशतले बढेर ९ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।

एनएमबि माइक्रोफानान्सको निष्कृय कर्जा २ दशमलव ०२ प्रतिशत, जोखिम युक्त सम्पत्ति ९ दशमलव ६३ प्रतिशत, प्रतिशेयर आम्दानी ३७ दशमलव ६४ रुपैयाँ, मुल्य आम्दानी अनुपात २६ दशमलव ३० गुणा, नेटवर्थ १८८ दशमलव ४६ रुपैयाँ र तरलता अनुपात ९ दशमलव ८७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस